Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक क्विन्टल सुनकाण्डको फाईल सीआईबीमा, अब कसरी होला अनुसन्धान ?

काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल प्रहरीलाई बुझाएको छ ।

विभागले उच्च सरकारी वकिलको कार्यालयको राय समेत लिएर सुन तस्करी प्रकरणको अनुसन्धानको फाइल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)लाई बुझाएको हो ।

विभागले आइतबार पत्रकार सम्मेलन गरेर सुन तस्करी प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको छ । सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउन गते त्रिभुवन विमानस्थलको गेटबाट हङकङबाट नेपालमा भित्र्याइएको एक सय किलो सुन बरामद गरेको थियो । पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोलीले प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई हस्तान्तरण गरेको हो ।

विभागका मात्र अनुसन्धान फितलो हुनसक्ने भन्दै कुरा उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी र राजस्वका उच्च अधिकारीहरुसँग बैठक गरी थप अनुसन्धान प्रहरीबाट अघि बढाउन गत बिहीबार निर्देशन दिएका थिए । प्रधानमन्त्रीले गत साता निर्देशन दिएपछि विभागले आइतबार सम्पूर्ण फाइलहरु बुझाएको हो ।

[insert page='239267' display='yopanipadhnuhos.php']

यसअघि नक्कली भुटानी शरणार्थी र बालुवाटार जग्गा प्रकरणमा भीआईपीहरुलाई जेल र हिरासतमा पुर्याएको सिआईबीले एक क्विन्टल सुन तस्करी प्रकरणमा कसरी अनुसन्धान अगाडी बढाउँछ ? त्यो भने पर्खाईको विषय बनेको छ ।

विमानस्थलबाट सुन भित्र्याउने समूहमा सत्तारुढ दलकै नेताको नाम मुछिए पछि सर्वसाधारणले त्यसको अनुसन्धानका लागि सिआईबीको सहभागिताको परिकल्पना गरेका थिए ।

सोही अनुरुप प्रधानमन्त्री प्रचण्डले संगठन प्रमुखको अगाडि सिआईबीलाई अनुसन्धान अगाडि बढाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । अब सीआईबीमाथि नक्कली भुटानी शरणार्थी र बालुवाटार जग्गा प्रकरणपछि सुन तस्करुी प्रकरण पनि थपिएको छ । त्यसलाई टुङ्गोमा पुर्याउनु सीआईबीको कर्तव्य पनि हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077