Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्यायाधीशका पिएसओको पेस्तोल चोरी भएको खुलासा, दुईजना समातिए

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) को घरबाटै पेस्तोल चोरी भएको खुलेको छ । प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

बौद्धस्थित पीएसओ प्रभाकार खड्काको घरबाट ३० असारमा चोरी पेस्तोल चोरी भएको खुलेको हो । सो पेस्तोल चोरी गरेको आरोपमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, उनीहरुले ३० असारमा चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको छ ।

त्यसमा लाग्ने ७ राउण्ड गोली पनि बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077