Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेवा सम्पदा संरचनामा पीएचडी गर्दै मेयर बालेन, काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेवा सम्पदा संरचनामा पीएचडी गर्ने भएका छन् ।

काठमाडौं विश्वविद्यालयले प्रदान गर्ने केयू रिसर्च फेलोसिपअन्तर्गत मेयर शाहले पीएचडी गर्न लागेका हुन् ।

विश्वविद्यालयले फेलोसिप प्रदान गरेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'मेरो पीएचडीको लागि फेलोशिप प्रदान गर्नुभएकोमा काठमाडौं विश्वविद्यालयलाई धन्यवाद। साथीहरू, अब ३ वर्षमा डा बालेन।'

उनले नेवा सम्पदा संरचनाको संरक्षणका लागि उक्त विषयमा पीएचडी गर्न लागेको जानकारी दिएका छन्। पर्यटन र अर्थतन्त्र उकास्न उक्त विषयमा पीएचडी गर्न लागेको उनले बताएका छन्।

बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077