Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टीभित्रका उच्च नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन गर्नु पर्ने बताएका छन् ।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्नेक्रममा उपमहासचिव शर्माले यस्तो बताएका हुन् ।

उपमहासचिव शर्माले भने, 'मैले संसद्‌को रोस्ट्रमबाट २०४७ साल यताका सबै नेताहरुको सम्पत्ति छानबिन गरौं भनेर प्रस्ताव गरेको हुँ । कतिपय नेताले ३२ सिटे भनेर हामीलाई खिसिट्यूरी गर्दा प्रचण्डको साथ र माओवादीको समर्थनबिना बालुटार प्रवेश संभव नभएको भनेर प्रतिवाद पनि गरेकै हुँ । पार्टीभित्र पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने कुरामा मेरो दृढ सहमति छ ।'

उपमहासचिव शर्माले पार्टीका नेताहरुका सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसका लागि आफू तयार रहेको बताए ।

उनले पार्टीका तर्फबाट सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न र कारबाही गर्ने आँट गर्न माग गरे ।

आफूले कुनै गल्ती नगर्दा पनि प्रश्न उठेपछि मार्गप्रशस्त गरेको समेत पूर्वअर्थमन्त्री शर्माले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077