Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

पार्टीभित्र कसैले पनि प्रचण्डको विकल्प खोजेको छैन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीको उत्तराधिकारी तयार पार्न विधि विकास गर्नुपर्ने बताएका छन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

उपमहासचिव पुनले पार्टीमा कसैले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नखोजेको बताए ।

उपमहासचिव पुनले भने, ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु । तर उत्तराधिकारी तयार पार्ने विधिको विकास गरेर जाऔं ।’

पुनले पार्टीमा विद्यमान समस्या विचारको नभई विधिको भएको चर्चा गरे । पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्ने विचार पुनले व्यक्त गरे ।

पार्टीमा देखिएका समस्याको समाधान आगामी विधान सम्मेलनबाट हल गर्न उनले प्रस्ताव राखे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077