Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

भ्रष्टाचारविरुद्ध सरकारको अभियान ठीक छ, दायाँबायाँ नगरी अगाडि बढाउनु पर्छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले दायाँबायाँ नगरी सरकारले भ्रष्टाचारका प्रकरणको छानबिन गर्नुपर्ने बताएका छन् ।

शनिबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै उपमहासचिव पुनले वर्तमान सरकारले शुरू गरेको भ्रष्टाचार विरोधी अभियानमा सबैले साथ दिनु पर्ने बताएका हुन् ।

करिब सय किलो सुन बरामद प्रकरणतर्फ संकेत गर्दै उपमहासचिव पुनले आफूमाथि पनि प्रश्न उठेका भए छानबिनमा सहयोग गर्न तयार रहेको बताए ।

उपमहासचिव पुनले भने, 'भ्रष्टाचारविरुद्ध सरकारको अभियान ठीक छ । दायाँबायाँ नगरी, पार्टीभित्र र बाहिरका नभनी छानबिन अगाडि बढाउनु पर्छ । मैमाथि प्रश्न उठेको छन् भने पनि सहयोग गर्न तयार छु । छानबिनमा प्रश्न उठ्यो भने सबैले सहयोग गर्नुपर्छ ।'

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार उनले प्रश्न उठ्दा सबैले छानबिनमा सहयोग गर्नुपर्ने बताए ।

बैठकमा केन्द्रीय सदस्यहरूले सुन काण्डमा मुछिएका नेताहरूले मिडियामा विज्ञप्ति जारी गरेर नहुने भन्दै सीआईबीमा निवेदन दिनुपर्ने धारणा राखेका थिए ।

त्यसबारे जवाफ दिँदै पुनले दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077