Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन महिनामा १४ हिमाल आरोहण गर्ने कीर्तिमानी पर्वतारोही हरिला र तेन्जेनलाई स्वागत

काठमाडौं । तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।

नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन 'लामा' लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।

शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए । पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ लगायत विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्था एवं आरोहीहरू विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागतका लागि पुगेका थिए ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन्।

यसअघि यो कीर्तिमान नेपाली मूलका बेलायती पर्वतारोही निर्मल पुर्जाको नाममा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077