Online Nepal
  • बिहिबार, ७ चैत्र २०८१
  • कुहिएको अवस्थामा महिलाको शव भेटियो

    कुहिएको अवस्थामा महिलाको शव भेटियो

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । धनुषामा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

    शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका वडा नं. ५ स्थित औरहीथान सामुदायिक वन जलदले खोलाको डाडामा शव फेला परेको हो ।



    इलाका प्रहरी कार्यालय, ढल्केवरका अनुसार तत्काल नामथर वतन नखुलेको अन्दाजी ३५/३६ वर्षीया महिलाको लास सडिगली औंसा परी चिन्न नसकिने अवस्थामा रहेको छ ।

    शवको पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार