Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • रवि लामिछानेको प्रश्न – ललिता निवास प्रकरणका दुई पूर्व प्रधानमन्त्रीलाई पक्राउ गर्नु पर्दैन ?

    रवि लामिछानेको प्रश्न – ललिता निवास प्रकरणका दुई पूर्व प्रधानमन्त्रीलाई पक्राउ गर्नु पर्दैन ?

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने बताएका छन् ।

    शुक्रवार बसेको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    उनले ललिता निवास प्रकरणमा पूर्वसचिव शारदाप्रसाद त्रिताल आयोगले सो प्रकरणमा राजनीति र प्रशासनमा रहेका धेरै जना जोडिएको प्रस्ट देखाएको बताए ।



    सभापति लामिछानेले भने, ‘निर्णय गर्ने मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुहुने प्रधानमन्त्रीद्वयलाई चाहिँ छानबिन गर्नुपर्ने हो कि होइन ? प्रधानमन्त्री भइसकेका मान्छेलाई प्रधानमन्त्री भएका आधारमा छानबिनमै सहभागि नहुनुपर्ने त्यस्तो उन्मुक्तिको पनि काहीँ प्रावधान छ कि ? एकदम स्पष्ट रुपमा मैले यो कुरा राख्न चाहेँ ।’

    धमाधम कर्मचारी पक्राउ गर्ने तर त्यो निर्णय प्रक्रियामा सामेल दुई पूर्व प्रधानमन्त्रीहरू भने किन पक्राउ नपरेको भन्दै प्रश्न उठाए ।

    त्रिताल आयोगले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत अनुसन्धान गर्न सिफारिस गरेको बताइए पनि सरकारले हालसम्म सो प्रतिवेदन सार्वजनिक गरेको छैन ।

    उनले विमानस्थलबाट भएको क्विन्टल बढी सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आवश्यक रहेको बताए ।

    सुन तस्करी प्रकरणमा राजस्व छलीको विषयमात्र नपरेर सङ्गठित अपराधको विषय पनि जोडिएको, अपराधमा संलग्न व्यक्तिले अवैध किसिमले नागरिकता लिएको विषय पनि आएको र अपराधी जोगाउन मिलेमतो पनि देखिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार