Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन खर्च नबुझाउनेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन खर्च नबुझाउनेलाई जरिवाना नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले निर्वाचन खर्च सार्वजनिक गरेको जानकारी नगराउने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगले १५ हजार रुपैयाँ जरिवाना तोकेका उम्मेदवार विनोदमणि भट्टराईले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश गरेको हो ।

यसअघि उच्च अदालत पाटनले पनि आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077