Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा अवरोध गरेर समस्याको समाधान हुँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणको विषयलाई लिएर एमालेले सदनमा बल प्रयोग गर्न खोजेको आरोप लगाएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बतााएका हुन् ।

महामन्त्री शर्माले भने,'सुन प्रकरणमा गहिराइमा पुगेर छानबिन हुनुपर्छ। तर माग राख्ने थलो संसद अवरोध गरेर समस्याको समाधान हुँदैन।'

महामन्त्री शर्माले सदन अवरुद्ध गर्दैमा समस्याको समाधान नहुने बताए। उनले सदनमा सहज रुपमा आवाज उठाउन पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको छ।

सोही विषयलाई इंगित गर्दै शर्माले सदन अवरोध गरेर समस्याको समाधान नहुने भन्दै सशक्त आवाज उठाउनका निम्ति पनि सदन सुचारु हुनुपर्ने बताए।

महामन्त्री शर्माले सुन प्रकरणमा गहिराइमा पुगेर छानबिन गर्नुपर्ने माग सहि भएपनि माग राख्ने थलोलाई सहि ढंगले प्रयोग गर्न नसकिएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077