Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महानगरले हटाउन थाल्यो सामाखुसी खोलामाथिको ढलान

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुशी खोलाको स्ल्याब उप्काएको छ।

काठमाडौं महानगरपालिका-३ भएर बहने सामाखुशी खोलामाथिको स्ल्याब हटाइएको हो। खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरले जनाएको छ ।

सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्दारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो ।

सामाखुसी,रानीबारी लगायतका क्षेत्रको सबै ढलान हटाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077