Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हत्कडीसहित फरार लामा निजगढ बजारबाट पुनः पक्राउ

बारा । बाराको टांगियाबस्तीबाट हत्कडीसहित फरार भएका सागर लामा पुनः पक्राउ परेका छन् ।

मंगलबार हतियारसहित पक्राउ परेका लामालाई स्थानीयले नियन्त्रणमा लिई भगाएका थिए । तर लामालाई बाराको निजगढ बजारबाट पुनः नियन्त्रणमा लिइएको हो ।

स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीका वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाहीसहित दुईजना घाइते भएका थिए ।

वन्यजन्तु सिकारका लागि प्रयोग गर्ने गरेको एकथान बन्दुक र बाघका दाह्राजस्तो देखिने केही सामग्रीसहित लामालाई मंगलबार घरबाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिई फर्कने क्रममा स्थानीय बासिन्दासँग झडप हुँदा लामा हत्कडीसहित फरार भएका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077