Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संवैधानिक निकायका सदस्य नियुक्ति प्रक्रिया अघि बढाइने, १५ दिने सूचना निकाल्ने निर्णय

काठमाडौं । संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षकसहित ४ वटा संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तिय आयोगका सदस्य र मुस्लिम आयोगका सदस्य नियुक्तिका लागि १५ दिनको समय दिएर सूचना निकाल्ने परिषद्ले निर्णय गरेको हो ।

यी निकायहरूमध्ये कम्तिमा एकजना महिना नियुक्त गर्ने सहमति पनि संवैधानिक परिषद्को बैठकमा भएको बताइएको छ ।

यस्तै बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले सर्वोच्च अदालतको आगामी प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077