Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खोकनाको जग्गा विवाद समाधान गर्न गठित समितिको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ ।

हालका उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सकिन लागेसँगै सरकारले नयाँ नियुक्तिका लागि प्रक्रिया सुरु गर्न लागेको हो ।

साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले सो जानकारी दिएकी छन् ।

त्यस्तै, सरकारले फास्ट ट्र्याकसम्बन्धी खोकनाको जग्गा विवाद समाधान गर्न गठित समितिको म्याद थप गरेको छ। उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय भएको हो ।

साउन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि गठित समितिको म्याद सकिएसँगै पुन तीन महिना थप गर्ने निर्णय भएको छ । गत वैशाख ५ मा बसेको बैठकले खोकना इलाको जग्गासम्बन्धी विवादको समाधान खोज्न समिति गठन गरेको थियो ।

मन्त्रिपरिषद्कै बैठकले शंकर प्रसाद अधिकारीको संयोजकत्वमा बनेको सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गर्ने निर्णय पनि गरेको छ ।

यस्तै खाद्य तथा पोषण सुधार कार्यकक्रम दोस्रोका लागि करिब २ अर्ब ६२ करोड रुपैयाँ अनुदान प्राप्त गर्न अन्तिम रुप दिनका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ ।

यसैगरी नागढुंगा सुरुङमार्गको पश्चिमतर्फको पहिरो रोकथाम गर्न बनाइने पक्की संरचनाका लागि धादिङको साविक नौबिसे गाविस वडा ४ मा आवश्यक जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077