Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललिता निवास प्रकरण : जग्गा फिर्ता गर्ने शर्तमा छुटिन् सिद्धिका खेतान

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ परेका दुई जना हाजिर जमानीमा छुटेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जग्गा फिर्ता गर्ने शर्तमा समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई छाडेको हो ।

पोखरेलको स्वास्थ्य अवस्था ठीक नभएकाले हाजिर जमानीमा छाडिएको सीआईबीले जनाएको छ । सरकारी जग्गा हडप्ने प्रक्रियामा खेतानको भूमिका नदेखिएको भन्दै सिआइबीले उनलाई छाडेको हो।

उनको नाममा झन्डै ८ आना जग्गा छ। खेतानले जग्गा फिर्ता गरिदिने भन्दै विभिन्न कार्यालयमा निवेदन दिएकी थिइन्। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले खेतानलाई हाजिरी जमानीमा छाड्न अनुमति दिएको थियो।

सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। अब सिआइबीको हिरासतमा २० जना छन्।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल र गोपाल कार्की सिआइबीको हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077