Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कृष्णबहादुरको दाबी - सुन प्रकरणमा मेरो संलग्नता छैन, निष्पक्ष छानबिनमा सहयोग गर्छु

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

पूर्वसभामुखसमेत रहेका माओवादी नेता महराका बाबुछोरालाई सुन तस्करीमा उन्मुक्ति दिइएको समाचार सार्वजनिक भइरहेका बेला बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।

उनले केहि दिन यता सञ्चारमाध्यम बाट सुन प्रकरणमा आफ्नो नाम जोडिएर आइरहेको बिषय यस अघि नै प्रष्ट पारिसकेको बताउँदै अनावश्यक भ्रममा नपर्न सबैमा आग्रह गरे ।

यस क्रममा उनले सुन तस्करीका बिचौलियासँग फोन सम्पर्क गरेको भनी सञ्चारमाध्यममा सार्वजनिक फोन नम्बर आफ्नो नभएको स्पष्टीकरण पनि दिएका छन् । तर उनले आफ्ना छोरा राहुल महराका विषयमा भने मुख खोलेका छैनन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘केही दिनयता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रस्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु । जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रस्ट पार्न चाहन्छु । साथै आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077