Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीका नाममा चन्दा माग्ने दुईजना प्रहरीको फन्दामा

दैलेख । दैलेखको दुल्लुमा नेकपा (माओवादी केन्द्र) का नाममा चन्दा माग्ने दुईजना पक्राउ परेका छन् ।

दुल्लु नगरपालिकाका प्रमुख भरत रिजालसँग चन्दा माग गरेको रसिद प्राप्त परेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दुल्लुका अनुसार पक्राउ पर्नेमा दुल्लु नगरपालिका(१३ का १९ वर्षीया समिर शाही र २८ वर्षीया चन्द्रबहादुर शाही रहेका छन् ।

उनीहरूसँग पार्टीको ५ थान पम्प्लेट, पार्टीको सहयोग ठेली र स्टम प्याटलगायत थुप्रै सामानहरू बरामद गरेको छ ।

पार्टीलाई आर्थिक सहयोग भन्दै दुल्लु नगरपालिकामा ५० हजार रुपैयाँको रसिद छाडेका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077