Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविले सुरू गरे महिलाका लागि नि:शुल्क बस सेवा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपचुनावबाट आफू निर्वाचित भएको एक सय दिनको अवसरमा चितवन २ लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् ।

बुधबार चितवनमा आयोजित कार्यक्रमबीच लामिछानेले ‘निर्वाचन क्षेत्र विशेष कार्यक्रम’ को घोषणा गरेका हुन् । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा बुधबारबाटै निःशुल्क सुरू भएको छ ।

लामिछानेले हरेक चार-चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गरेका छन् । त्यस्तै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

लामिछानेले योजनाबद्ध ढंगले आफूले घोषणा गरेका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077