Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्याधीशलाई असहयोग, न्यायाधीश नियुक्तिमा विलम्ब !

काठमाडौं । न्यायालयमा मुद्दाका चाङ दिनदिनै थपिँदै छन् भने सेवानिवृत्त हुने न्यायाधीशहरू पनि बढ्दै छन्।

अदालतमा मुद्दा छिन्ने न्यायाधीशहरू घट्दा पीडितले समयमा न्याय पाउन सकेका छैनन् । सर्वोच्च अदालतमा शुक्रबारदेखि प्रधानन्यायाधीशसहित ७ जना न्यायाधीश सेवानिवृत्त हुँदै छन् ।

उच्च अदालतमा मुख्य न्यायाधीशसहित ५४ र जिल्ला अदालतमा न्यायाधीशका ३८ पद रिक्त छन्। मुद्दा छिन्ने न्यायाधीश नियुक्ति समयमा हुन नसक्दा न्यायमा ढिलाइ हुँदै गइरहेको न्यायपालिकाकै प्रतिवेदनले औंल्याएको छ।

सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी छ। ६५ वर्षे उमेरहदका कारण शुक्रबार प्रधानन्यायाधीशसहित ७ जना न्यायाधीश अवकाशमा गएपछि सर्वोच्चमा १४ जना मात्रै न्यायाधीश हुनेछन्।

न्यायाधीश नियुक्ति सिफारिस गर्ने न्यायपरिषद्को बैठक बस्न सकेको छैन। प्रधानन्यायाधीश एवं न्यायपरिषद्का अध्यक्ष हरिकृष्ण कार्की उमेरहदका कारण सेवानिवृत्त हुन चार दिन बाँकी छ। तर उनलाई न्यायपरिषद्कै सदस्यले असहयोग गर्दा परिषद्को बैठक बस्न सकेको छैन। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077