Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप-२८) मा निमन्त्रणा गरिएको छ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुँदैछ।

नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसेले जानकारी दिए।

विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गरेका हुन्।

राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिक रूपमा सुरु हुने ‘वल्र्ड क्लाइमेट एक्सन समिट’ तथा डिसेम्बर १ र २ मा आयोजना हुने युएईको ५२औं राष्ट्रिय दिवसको विशेष समारोहमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077