Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा ३ वर्ष बढी बसेका कर्मचारी दुर्गम पठाइँदै, २२ जनाको सरुवा [सूचीसहित]

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयका अनुसार विभिन्न मन्त्रालयमा कार्यरत रहेका उपसचिव तथा शाखा अधिकृतहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरिएको हो । केहीलाई भने मन्त्रालय तथा अन्तर्गतका निकायमा सरुवा गरिएको छ ।

स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियान स्वरूप सरुवा भएको मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिंहदरबार वरीपरीका कार्यालयमा ३ वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न थालेका छन् ।

मन्त्री मोदी पदभार सम्हालेदेखि नै प्रशासनिक र व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने दिशामा अग्रसर छन् । मन्त्री मोदीको निर्देशनपछि सरुवा व्यवस्थापन कार्यदलले दिएको सुझावअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै मात्र दुर्गम क्षेत्रमा कार्यअवधि पूरा गरेकालाई सुगमको कार्यालय रोजेर र सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकालाई दुर्गम क्षेत्रको कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको थियो ।

यससँगै मन्त्रालयले सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकाहरुलाई दुर्गम क्षेत्रमा खटाउन थालेको छ । जसअनुसार मन्त्रालयले बुधबार १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

हर्नुहोस् कुन कर्मचारी कहाँ भयो सरूवा ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077