Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सूचना टाँसेर प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म अवरोध गर्ने अडान राखेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्‍नेछ । एमालेको अडानपछि सोमबार पनि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको थियो। तर, एमालेले सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउँदासम्म संसद् चल्न नदिने बताएपछि अवरोध हटाउन सभामुखले पहल थालेका थिए।

हिजो पनि एमालेले छानविन समिति बनाउनुपर्ने र गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने भन्दै सदन अवरोध गर्ने भएपछि बस्दै नबसी आजलाई सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077