Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम सरकारबारे मुख्यमन्त्री शाहले गरे प्रधानमन्त्रीसँग छलफल

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

मुख्यमन्त्री शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्तापछि लामो समयसम्म पूर्णता नपाएको सरकारलाई पूर्णता दिने बताएका छन्।

प्रधानमन्त्रीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहसँग उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, यहाँको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलगायत रहेका थिए ।

सिंहदरबारमा भएको छलफलमा भोलि बिहान शीर्ष नेताहरूबीच सुदूरपश्चिम प्रदेश सरकार विस्तारको गाँठो फुकाउने सहमति भएको भेटवार्तामा संलग्न एक नेताले बताए ।

प्रधानमन्त्री प्रचण्डसँग नागरिक उन्मुक्तिका नेताहरूले यस अघि भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई २ मन्त्रालय दिनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077