काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको नाम मुछिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुलाई फोटो खिच्दा ख्याल गर्न आग्रह गरेका छन् ।
सोमबार बिहान बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले नेताहरूलाई विभिन्न व्यक्तिहरूसँग गर्ने भेटघाटमा सचेत रहन आग्रह गरेका हुन् ।
चर्चामा रहेको करिब १ सय किलो सुन तस्करी प्रकरणमा उपमहासचिव वर्षमान पुनको परिवारको नाम जोडिएको छ । यस प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग नेता वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्तीले खिचाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
[insert page='238376' display='yopanipadhnuhos.php']
प्रधानमन्त्री प्रचण्डले भने, ‘भेटौं, फोटो खिचौं भन्ने मान्छेहरूलाई नाइँ भन्न नि कठिन नै हुन्छ तर पनि विचार पुर्याउनुहोला।’
प्रधानमन्त्री प्रचण्डले फोटो खिच्दा जो कोहीसँग जुनसुकैबेला फोटो नखिच्न आफ्ना पार्टीका नेताहरूलाई सचेत गराएका छन्। प्रधानमन्त्री प्रचण्डले नेताहरूको फोटोलाई अनुसन्धान नै प्रभावित हुने गरी प्रचार गरिएको बताए ।