Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रहरीले पुनः व्युतायो 'आरआइटी', डेनीको कमाण्डमा नयाँ टिम गठन

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले प्रदेश अनुसन्धान समूह (आरआइटी) को नयाँ टिम गठन गरेका छन् ।

कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि डीआईजी बोहराले दरबन्दी फिर्ता गर्दै आरआइटीको टिम नै खारेज गरेका थिए ।

तर डीआईजी बोहराले पुनः एक साताअघि मात्रै प्रहरी वरिष्ठ नायव निरीक्षक डेनी स्वारको नेतृत्वमा ८ जनाको प्रदेश अनुसन्धान समूह (आरआइटी) को नयाँ टिम गठन गरेका हुन् । आरआइटीले अपराध, अनुसन्धान तथा लागुऔषध दुव्र्यशनीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ ।

बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धीत ठाउँमा रमाना गरेर पठाइएको थियो । आक्रमणको आरोप दुई जना प्रहरीमाथि मात्रै लागेको भए पनि डीआईजी बोहराले सिंगो टिम नै खारेज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077