Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • हवाई टिकटमा भ्याट लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    हवाई टिकटमा भ्याट लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 645
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले हवाई टिकटमा भ्याट नलगाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश अनिल कुमार सिन्हाको इजलासले उक्त आदेश दिएको हो ।

    सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत आन्तरिक उडानतर्फ हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको थियो ।



    जसको विरुद्धमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले रिट दायर गरेको थियो ।



    उक्त रिटमाथिको सुनुवाइपछि आइतबार न्यायाधीश सिन्हाको इजलासले तत्काल भ्याट नलगाउन अल्पकालीन अन्तरिम आदेशसँगै सरकारको नाममा कारण देखाउ आदेश दिएको हो । अदालतले आदेशसँगै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार