Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

होटलमा बेहोस भेटिएका युवकको मृत्यु, सँगै बसेकी युवती पक्राउ

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटलमा सँगै बसेका युवकको मृत्यु भएपछि युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुुमि भनिने सुमित्रा सापकोटा रहेकी छन् ।

शुक्रबार महेन्द्रनगरस्थित होटलमा बास बसेका कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाडीका ३७ वर्षीय विष्णु पनेरुको शनिबार उपचारको क्रममा मृत्यु भएको थियो ।

बेहोस भेटिएका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।युवकको मृत्यु भएपछि आत्महत्या दुरुत्साहन मुद्दामा युवतीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । पनेरुको परिवारले धनगढीकै एक युवतीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए ।

ती युवती मृतक पनेरुसँगै धनगढीबाट महेन्द्रनगर आएर होटलमा बसेकी थिइन् । प्रहरीका अनुसार बसेको होटलको विषादीको बट्टा पनि भेटिएको थियो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077