Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ प्रधानन्यायाधीश नियुक्तिको वातावरण मिलाउन नेपाल बार एसोसिएसनको माग

काठमाडौं । नेपाल बार एशोसिएशनले नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक यथाशीघ्र राख्न माग गरेका छन् ।

प्रधानन्यायाधीशलाई ध्यानाकर्षण पत्र बुझाउँदै बार एसोसिएसनले नयाँ प्रधानन्यायाधीश नियुक्तिको वातावरण चाँडो मिलाउन माग गरेका हुन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पद आगामी साउन २० गतेदेखि पुनः रिक्त हुँदैछ ।

महासचिव अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीयज्यूको कार्यकाल अत्यन्त छोरो रहेको परिप्रेक्ष्यमा उल्लिखित प्रतिवेदन कार्यान्वयनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै उक्त प्रतिवेदनलाई सर्वोच्च अदालतको पूर्ण बैठकले स्वामित्व ग्रहण गरी यथाशीघ्र कार्यान्वयनको प्रक्रिया सुरुवात गर्न, गराउन अनुरोध गर्दछौँ ।’

त्यस्तै, एसोसिएसनको १५ औँ राष्ट्रिय सम्मेलन तथा केन्द्रीय कार्यकारिणी परिषद्को ४८ औँ बैठकको निर्णय बमोजिम जारी घोषणापत्रको प्रकरण नम्बर १ मा पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न आग्रह गर्दै सो प्रतिवेदनलाई अविलम्ब कार्यान्वयनमा ल्याउन प्रभावकारी कदम चाल्न ध्यानाकर्षण समेत गराइएको छ ।

कार्की न्यायाधीश रहँदा बनेको समितिले न्यायापालिकामा हुनसक्ने विकृति, अनियमितता र भ्रष्टचार तथा त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायबारे सुझाव दिएको थियो । सर्वोच्चको पूर्ण बैठक (फुल कोर्ट) ले स्वामित्व लिएर प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्नुपर्ने बारको माग छ । साथै उसले नयाँ प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिका लागि समेत ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077