Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • कार्यकर्तालाई इमान्दारीपूर्वक पार्टीमा सहभागी हुन रविको आग्रह

    कार्यकर्तालाई इमान्दारीपूर्वक पार्टीमा सहभागी हुन रविको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 819
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इमान्दारीपूर्वक पार्टीमा सहभागी हुन आग्रह गरेका छन् ।

    रास्वपा सिन्धुली काठमाडौं सम्पर्क विभागको कार्यक्रममा संम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    सभापति लामिछानेले भने,‘ विभिन्न घटनालाई लिएर पार्टीप्रति प्रश्न उठेको छ । यो समाजले जन्माएर हुर्काएर ल्याएको मानिस हो । मानिसहरुले कुन राजनीतिक संस्कार सिक्यो हामी भन्न सक्दैनौं । त्यही राजनीतिक संस्कारबाट आएका पुराना नयाँ साथीहरुबाट यस्ता किसिकमा क्रियाकलाप हुन सक्लान् । तर खबरदार हामीलाई जानकारी पाउनेवितिकै घटनाको समाचार छापिनुअघि कारबाही भइसकेको हुनेछ । पार्टीलाई यसमा प्रष्ट निर्देशन छ ।’



    रास्वपामा जोडिने वित्तिकै २०८४को लागि उम्मेदवार बनिनहाल्ने सभापति लामिछानेले बताए। उनले असल साथीहरुलाई पार्टीमा जोड्ने अभियानलाई मिसन २०८४ भनिएको समेत प्रष्ट पारे ।

    लामिछानेले विभिन्न घटनाहरुलाई लिएर पार्टीप्रति औला उठाएको भन्दै इमान्दारीपूर्वक पार्टीमा सहभागी हुन आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार