Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुडानको शान्ति मिसनमा रहेका सैनिक मृत भेटिए

काठमाडौं । सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक जना नेपाली सैनिक मृत फेला परेका छन् ।

दक्षिण सुडानमा तैनाथ श्री शेर गण बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा मृत भेटिएका हुन् ।

नेपाली सेनाका अनुसार जाजरकोटको खलङ्गा घर भएका बाँठा सुडानको रम्बेक गण हेडक्वार्टरमा रहेको वर्कशपमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका छन् ।

घटनाको अनुसन्धान गरेर पोष्टमार्टमपछि उनको शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077