Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकाबिहानै पाटन दरबार क्षेत्र अवलोकन गर्न पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैलले ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गरेका छन् ।

शुक्रबार बिहानै दरबार क्षेत्र पुगेका उनले कृष्ण मन्दिरको दर्शन र पाटन दरबार संग्रहालयको अवलोकन गरेका हुन् ।

पाटन दरबार क्षेत्रमा सिमसिम पानी पर्दा राष्ट्रपति पौडेलले छाता ओडेर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।

राष्ट्रपति आउने भएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि बिहानै दरबार क्षेत्र पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077