Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सात दिनभित्र कोशीमा अर्को सरकार गठन प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।

न्यायाधीश ईश्वर प्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै एक साताभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको हो ।

सर्वोच्चले साउन १७ गतेभित्र नयाँ सरकार गठन गर्न दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन आदेश जारी गरेको छ ।

कांग्रेस संसदीय दलका नेता थापाले २१ असारमा मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए ।

सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । तर सरकार गठनविरूद्ध परेको रिटमा सर्वोच्चले सभामुखको सहभागिता संविधानविपरित भएको ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077