Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनसुनजन्य घटनाका कारण असारयता ३१ जनाले गुमाए ज्यान, २४ बेपत्ता

काठमाडौं । गृह मन्त्रालयले १ असारदेखि सुरु भएको मनसुनजन्य प्राकृतिक विपद्मा परेर हालसम्म ३१ ज्नाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरेको छ।

बुधबारसम्म यस वर्षको मनसुन सुरु भएयता बाढीपहिरोबाट २४ जना बेपत्ता भएका छन् भने ३४ घाइते भएको विवरण गृहअन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रकाशित गरेको हो।

बाढीपहिरोबाट ९५ घर पूर्णरूपमा क्षतिग्रस्त बनेको छ भने १८४ घरमा आंशिक क्षति पुगेको शाखाले बताएको छ । बाढीपहिरोबाट सबैभन्दा बढी संखुवासभामा क्षति पुगेको छ । गत असार पहिलो साता आएको बाढीबाट संखुवासभामा ४ जनाको मृत्यु भएको थियो भने १८ अझै बेपत्ता छन्।

यस्तै, ताप्लेजुङमा पहिरोमा परेर ३ जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता छन्। महाशाखाका अनुसार पाँचथरको बाढीमा परेर ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077