Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छोरालाई सत्ता सुम्पिने कम्बोडियाका प्रधानमन्त्री हुन सेनको घोषणा

एजेन्सी । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफ्ना छोरालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् ।

लामो समयसम्म सत्तामा रहने विश्वका नेताहरूमध्येका एक सेनले राजीनामा दिने र आगामी अगस्टमा छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री सेनको यो अप्रत्याशित घोषणा कम्बोडियामा चुनाव भएको ३ दिनपछि आएको हो ।

यही जुलाई २३ मा भएको संसदीय चुनावमा उनको दल कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले १२५ मध्ये १२० सिट जितेको दाबी गरेको छ । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रूपमा परिणाम घोषणा आगामी अगस्ट ९ मा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077