Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्विन्टल सुन तस्करी प्रकरण : व्यापारी अडुकियाको घरमा विभागको छापा, के थियो 'कनेक्सन' ?

काठमाडौं । राजस्व अनुसन्धान विभागले सेयर कारोबारी राकेश अकुडियाको घरमा छापा मारेको छ । अवैध सय किलो सुन प्रकरणमा कमलपोखरीस्थित उनको घरमा बुधबार राजस्वले छापा मारेको हो । पछिल्लो समय सुन तस्करीको सुन बरामद भन्दा केहीसमय अघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेका थिए ।

विभागस्रोतका अनुसार आज उनको घरमा छापा मारी केही सामान जफत समेत गरिएको छ भने अडुकिया भने भागिसकेको आशंका गरिएको छ । उनले शंकास्पद यात्रा गरेको देखिपछि विभागले अनुसन्धान अघि बढाएको थियो ।

नेपालको सेयरबजारमा चलखेल गर्दैआएका राकेश अडुकिया नै २३ क्वीन्टल सुन तस्करीमा संलग्न मुख्य पात्र रहेको स्रोत बताउँछ । क्विन्टल सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशंका छ ।

साउन २ गते सुन बरामद भइसकेपछि भएको अनुसन्धानमा राकेश अडुकिया र उनका छोरा रोहन अडुकियाको बारेमा राजस्वले गहन छानबिन गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा राकेश अडुकिया नै २३ क्वीन्टल सुन तस्करीका मुख्य पात्र रहेको देखिएको स्रोत बताउँछ । राजस्वले अडुकियाको ट्राभल हिष्ट्री हेर्दा पनि उनी पटक पटक हङकङ गएको पाएको छ । अडुकिया राजस्व अनुसन्धानको निगरानीमा परिसकेका छन् ।

राजस्व अनुसन्धान विभागकोको निगरानीमा परिसकेपछि राकेश अडुकियाका छोरा रोहन अडुकिया भागेर नयाँदिल्लीमा पुगिसकेको स्रोत बताउँछ । राकेश अडुकिया हङकङ भाग्ने तयारीमा रहेको बताइएको छ । २३ क्वीन्टल सुन तस्करीका मुख्य पात्रको रुपमा आशंका गरिएका राकेश अडुकियाले यसअघिको सुनकाण्डमा जस्तै अहिले पनि भरियालाई मात्र फसाएर आफू उम्किनका लागि विभिन्न शक्तिकेन्द्रमा प्रभावित पार्ने कोसिस गरे पनि पार नलाग्ने भएपछि हङकङ नै भाग्ने सुरमा छन् ।

उनले विभिन्न शक्तिकेन्द्रमा पुगेर घटनालाई सामसुम पार्न खोजेको स्रोतले बतायो । अडुकिया विगत १२ वर्षदेखि स्थलमार्ग हुँदै नेपालमा चाँदीको भन्सार तिरेर अवैध रूपमा सुन ल्याएर बेचविखन गर्ने भनेर चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077