Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदमा रवि लामिछानेले भने -क्विन्टलका क्विन्टल सुन तस्करी हुनु सामान्य भइसक्यो !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले क्विन्टलका क्विन्टल सुन तस्करी हुनु सामान्य भइसकेको बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सभापति लामिछानेले आम नेपाली जनताले सुन तस्करीबारे बानी पारिसकेको बताएका हुन् ।

सभापति लामिछानेले यस्ता तस्करीका घटनामा सरकारले कर्मचारीलाई सरुवा गरेर कारबाही गर्छ कि पुरस्कार दिन्छ भन्दै प्रश्न गरे। उनले त्यस्ता कर्मचारीलाई तत्काल बर्खास्त गरी थुन्न माग गरे।

सभापति लामिछानेले भने, ‘हरेक विषय सरकारले सुरू गर्छ, अलि जरोसम्म पुग्छ कि भन्यो अड्किन्छ, गिजोलिन्छ। भुटानी शरणार्थी प्रकरणमा जरो कहाँ सारा जनतालाई थाहा छ, सुरूवात गर्‍यो सरकार अड्कियो। सुन काण्डको जरो कहाँ छ। आरोपितको नाम आइरहेको छ नि! सरकार जरोमा जाँदैन ।’

नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डबारे सरकारले फाइल खोले पनि जरोसम्म नपुगेको उनले बताए। सभापति लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए ।

साथै उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077