Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से परिसूचक घट्याे, कारोबार रकममा पनि गिरावट

काठमाडौं । मौद्रिक नीतिपछि लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से तेस्रो दिन पनि घटेको छ । आज नेप्से ८.११ अंकले घटेर २१५६.२० को बिन्दुमा झरेको छ ।

यसदिन सेन्सिटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेर ४०९.११ बिन्दु कायम भएको छ । नेप्सेमा गिरावट हुँदा बुधबार कारोबार रकममा पनि गिरावट भएको छ । आज २ अर्ब ४३ करोड २५ लाख ८ हजार माथिको कारोबार भएको हो ।

बुधबार वित्त कम्पनी म्युचुअल फण्ड र अन्य उपसूचकमा सामान्य वृद्धि भएपनि अन्य बजारलाई लिड गर्ने बैंकिङ सहितका अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्सेमा पनि गिरावट भएको हो ।

सेयर बजार आज सामान्य अंकले घटेपनि किसान लघुवित्तको आज पनि सर्वाधिक सेयरमुल्य बढेको छ । कम्पनीको आज सेयरमूल्य ६.९६ प्रतिशतले बढेर १०२५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077