Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेता कुटिएको विरोधमा कलैया बजार बन्द

    नेता कुटिएको विरोधमा कलैया बजार बन्द

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 969
    SHARES

    बारा । जिल्ला प्रहरी कार्यालय बारा परिसरमा नेता कुटिएको विरोधमा आन्दोलनकारीले कलैया बजार बन्द गरेका छन् ।

    नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा एसका जिल्ला उपसचिव ध्रुव प्रसाद यादवमाथि भएको कुटपिटको विरोधमा आज कलैया बजार बन्दको आह्वान गरिएको हो।



    कुटपिटमा संलग्न प्रहरी अधिकारीलाई कारबाही नगरिएको भन्दै कांग्रेस र नेकपा एसले कलैया बजार बन्दको आह्वान गरेको छ। सडकमा टायर बालेर उनीहरू यातायात र पसलहरू बन्द गराएका हुन् ।



    मोटरसाइकल समेत चल्न दिइएको छैन । यता, जिल्ला प्रहरी कार्यालयले बजार र यातायात बन्द गराउन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच कलैया बजारमा तनावको अवस्था सृजना भएको छ ।

    सवारी दुर्घटनाको विषयलाई लिएर साउन २ गते भइरहेको छलफलका क्रममा कांग्रेस जिल्ला सचिव भैयाराम र नेकपा एसका जिल्ला उपसचिव ध्रुवमाथि प्रहरी अधिकारीले कुटपिट गरेको आरोप लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार