Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

केन्द्रीय समिति बैठकबीच लैनचौरमा शशांकको चियापान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य शशांक कोइरालाले चियापान कार्यक्रम आयोजना गरेको छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकै बीचमा लैनचौरस्थित लैनचौर बैंक्युटमा कोइरालाकले चियापान कार्यक्रम गरेका हुन् ।

चियापान कार्यक्रममा केन्द्रीय सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, बागमती प्रदेश सांसद, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिसहित कांग्रेस कार्यकर्ताको उपस्थिति रहेको छ ।

चियापानमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, परराष्ट्रमन्त्री एनपी साउद, मिनेन्द्र रिजाल, विनोद चौधरी लगायतका शीर्षक नेता पनि सहभागी थिए ।

कार्यक्रममा शेखर कोइराला पनि ढिलो गरि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077