Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाका प्रहरी कार्यालयका इन्चार्ज होटेलमा मृत फेला

बागलुङ । बागलुङमा वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज पौडेल बडिगाड गाउँपालिका ६ स्थित आशा होटलको तल्लो तलामा मृत भेटिएका हुन् ।

बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार उनी सोमबार राति साढे १२ पासो लगाएको अवस्थामा मृत फेला परेका थिए ।

होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको उनले बताइन् । अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकी लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077