Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुधबार बस्ने गरी कांग्रेस बैठक स्थगित, सभापतिले जवाफ दिन बाँकी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

सोमबारको बै‌ठकमा उपसभापति र महामन्त्रीद्वयले सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएसँगै सकिएको बैठक १० गते बस्नेगरि सकिएको हो ।

आज कांग्रेस केन्द्रीय समितिको छैठौं दिनको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले जवाफ दिएका थिए ।

महामन्त्री र उपसभापतिको जवाफपछि कांग्रेस बैठक १० गते बुधवारसम्मका लागि स्थगित भएको छ ।

सभापति शेरबहादुर देउवाले त्यही दिन बोल्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २ गतेदेखि जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077