कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा सडेको अवस्थामा शव फेला परेको छ । सोमबार गाउँपालिकाको वडा ६ उज्ज्वलपुरमा शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार गौतमबुद्ध साझेदारी वन कार्यालयको पोखरीनजिकै फेला परेको शव स्थानीय ५० वर्षीय राम सहनी यादवको रहेको छ ।
प्रहरीका अनुसार साउन ६ गते घरायसी विवादका कारण यादव घरबाट निस्केका थिए । स्थानीयले मृत अवस्थामा यादवलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply