Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडेको अवस्थामा शव फेला, अनुसन्धान गर्दै प्रहरी

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा सडेको अवस्थामा शव फेला परेको छ । सोमबार गाउँपालिकाको वडा ६ उज्ज्वलपुरमा शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार गौतमबुद्ध साझेदारी वन कार्यालयको पोखरीनजिकै फेला परेको शव स्थानीय ५० वर्षीय राम सहनी यादवको रहेको छ ।

प्रहरीका अनुसार साउन ६ गते घरायसी विवादका कारण यादव घरबाट निस्केका थिए । स्थानीयले मृत अवस्थामा यादवलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077