Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभापति खड्काको दाबी - कांग्रेसमा गुटको अन्त्य हुँदैन, पार्टीभित्र विचार समूह हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीमा गुट अन्त्य नहुने दाबी गरेका छन् ।

सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले विचार समूह वा गुटलाई नर्कान नसकिने बताए ।

“पार्टीभित्र विचार समूह हुन्छ, यसलाई नकारेर हुँदैन । विचार समूह हुन्छ । बीपी, गणेशमान, किसुनजीलगायतको पनि थियो । पार्टीभित्र निर्णय गर्दा अधिवेशनमा जाँदा कहिले काहीँ नीतिगत निर्णयमा जाँदा विचार समूह बन्छ । त्यसलाई व्यवस्थित गर्ने र सँगै लिएर जाने महत्वपूर्ण कुरा हो,” उनले भने ।

पार्टीमा गुनासो नहुने गरी काम गर्नु नै पार्टी सुधार र रुपान्तरण भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077