Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से २६ अंकले घट्यो, साढे ४ अर्ब बढीको कारोबार

काठमाडौं । आज सेयरबजार २७.७२ अंकले घटेको छ। बजार २७.७२ अंकले घटेर २१९९.४४ विन्दुमा झरेको हो। मौद्रिक नीति सार्वजनिक भएको दिन ६३ अंकले बढेको नेप्से दोस्रो दिन घटेको हो ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । दुई करोड नौ लाख ७९ हजार कित्ता सेयर चार अर्ब ७३ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

२५ करोड ५६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन् ।

आज एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा किसान लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077