Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कम्बोडियाको निर्वाचनमा ठूलो जित हासिल गरेको सत्तारुढ दलको दाबी

एजेन्सी । कम्बोडियाका प्रधानमन्त्री हुन सेनको कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले राष्ट्रिय चुनावमा ठूलो जित हासिल गरेको दाबी गरेको छ । तर यसपटकको निर्वाचनलाई आलोचकहरुले दशककै सबैभन्दा कम निष्पक्ष र स्वतन्त्र चुनावको संज्ञा दिएका छन्।

प्रधानमन्त्री सामदेक टेचो हुन सेनको सीपीपीका प्रवक्ताले आइतबार मतदान सकिएपछि नै निर्वाचनमा भारी जित हासिल गरेको दाबी गरेका थिए ।

सीपीपीका प्रवक्ता सोक आइसानले आइतबार साँझ परिणामको पुष्टि गर्दै भनेका थिए, ‘सीपीपीले आम निर्वाचनमा भारी जित हासिल गरेको छ। मतदानको आधिकारिक परिणाम घोषणा हुन भने बाँकी छ। यो सीपीपीको लागि अर्को ठूलो सफलता हो।’

राष्ट्रिय सभाका लागि १२५ जना सांसद निर्वाचित गर्न प्रत्येक ५ वर्षमा एक पटक हुने निर्वाचनमा यसपटक १८ राजनीतिक दलले प्रतिस्पर्धा गरेका त्यहाँको सरकारको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077