Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यवाहक प्रधानमन्त्री खड्कासँग चीनको प्रतिनिधि मण्डलको भेट

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन जियाजुनको प्रतिनिधि मण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

उनीहरुबीच रक्षा मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भएको हो । भेटवार्तामा युआनको कार्यकालमा नेपाल–चीन सम्बन्ध प्रगाढ हुने विश्‍वास व्यक्त गरे ।

रक्षामन्त्री खड्काले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्दपूर्ण एवम् घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गरे ।

उनले मित्र राष्ट्र चीनले आर्थिक, सामाजिक एवम् प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्‍त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077