Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • सेनाको संख्या घटाउन पर्छ भनेर कहीँकतै बोलेको छैन : रवि लामिछाने

    सेनाको संख्या घटाउन पर्छ भनेर कहीँकतै बोलेको छैन : रवि लामिछाने

    अनलाइन नेपाल
  • शनिबार, ६ साउन २०८०
  • 954
    SHARES

    विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेनाको सङ्ख्या घटाउनु पर्छ भन्ने आफ्नो धारण नभएको स्पष्ट पारेका छन् ।

    विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    सभापति लामिछानेले भने,‘ विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट छ ।’



    सभापति लामिछानेले नेपाली सेनाको संख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताए । उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा पार्टीको सांसद तथा नेताले समेत नबोलेको बताए ।

    अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए। उनले आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार