Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेको दाबी - सुन तस्करी सेटिङमा भएको हो, निष्पक्ष छानबिन हुनुपर्छ

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेटिङमा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको बताएका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका उनले विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले सेटिङ नभएसम्म विमानस्थलबाट सुन वा अरु कुनै पनि सामग्री तस्करी सम्भव नरहेको बताए ।

सर्वसाधारणको एउटा मोबाइलसमेत भेट्ने सरकारले सयौं किलो सुन नभेट्ने भन्ने नहुने उनले बताए । उनले भने, “सेटिङबिना यति ठूलो परिणामाको सुन तस्करी सम्भव छैन । यो सेटिङमा भएको हो । तर, कुन तहसम्मको सेटिङ छ भन्ने मात्रै हो ।”

उनले निष्पक्ष छानबिन हुनुपर्छ भन्ने आफ्नो पार्टीको माग रहेको बताए । गत बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चेकजाँच पास गरी लाँदै गरिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले सय किलो सुन बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077