Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पढाउन इच्छुक छु, अवसर भए खबर पाउँ : रञ्जु दर्शना

काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले शिक्षण पेशामा आउन चाहेको बताएकी छिन् ।

शैक्षिक क्षेत्रमा विद्यार्थीहरुलाई मार्गदर्शन गर्ने आफ्नो इच्छा रहेको उल्लेख गर्दै उनले कक्षा ११ र १२ का विद्यार्थीलाई सामाजिक विज्ञान अध्ययन गराउन उत्सुक रहेको जनाएकी हुन् ।

उनले लेखेकी छन्, 'म कक्षा ११ र १२ को विद्यार्थीहरुलाई सामाजिक शिक्षा पढाउन निकै नै उत्सुक छु। यदि तपाईँको संस्थामा त्यस्तो ठाउँ या अवसर छ भने भेटेर छलफल गरौँ । म सामाजिक विज्ञान सम्बन्धित विषयहरूमा अतिथि व्याख्यानको लागि पनि उपलब्ध छु ।'

महासचिवमा दर्शनाले आफ्नो उत्साहको बाटोमा हिँड्ने निर्णय गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077